७१ वर्षीय वृद्धाको हत्या गर्ने छोरा पक्राउ

हिमाल प्रेस १८ माघ २०७९ ८:२७
4
SHARES
७१ वर्षीय वृद्धाको हत्या गर्ने छोरा पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगनीको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।

सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको थियो। घटनाबारे अध्ययन भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित: १८ माघ २०७९ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =