काठमाडौँ- आईसीसी लिग २ शृंखला अन्तर्गतको त्रिदेशीय खेलमा बुधबार स्कटल्यान्डले अमेरिकालाई १७० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले सबै विकेट गुमाएर ४३ दशमलव ३ ओभरमा १६९ रन बनाएको हो।
स्कटल्यान्डका माथिल्लो अडरका ब्याटर नचल्दा ब्याटिङ धरासायी बन्यो। ओपनर जर्ज मुन्सी १९ रनमा आउट हुँदा अर्का ओपनर फिन्ले म्याकक्रिथले ४ रन मात्र बनाउन सके। त्यसपछिका ब्याटर ब्रान्डम म्याकमुलन ३२ ले थप्दा कप्तान रिचाइ बेरिन्ङटन ० र माइकल इंग्लिस ० रनमा फर्किएका थिए।
एउटा समय स्कटल्यान्डको ब्याटिङ १०३/६ बन्दा माइकल वार्ट सुझबुझ पूर्ण ब्याट चलाएका थिए। म्याथे क्रस २० रनमा आउट भएपछि माइकल लिक्स पनि २ रन थपेर फर्किए। ज्याक जार्विस र ओलिभर डेविडसन समान ९ रन थपेका थिए। स्कटल्यान्डलाई १६९ रन बनाउन मार्क वाट्सले ६६ रन बनाए। उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अमेरिकाका रुसिल उगारकरले ४ विकेट लिए। सौरभ नेत्राबल्करले ३, सुभम रन्जने २ र हर्मत सिंहले १ विकेट लिए। अबको केहीबेरमा दोस्रो इनिङ्सको खेल हुनेछ।




