श्रम संस्कृति पार्टीलाई संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको चेतावनी

हिमाल प्रेस ६ जेठ २०८३ १२:०७ | Wednesday, May 20, 2026
16
SHARES
श्रम संस्कृति पार्टीलाई संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको चेतावनी

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरूलाई चेतावनी दिएका छन्।

बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित विरोध जनाएपछि सभामुख अर्यालले सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य भएको भन्दै आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरुलाई चेतावनी दिएका हुन्। उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न सांसदहरुलाई आग्रह गरे।

हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरुले नियमित रूपमा प्रतिनिधिसभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै त्यस्ता काम नगर्न उनले चेतावनी दिए।

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरूले जनताका प्रश्न सरकारका मन्त्रीहरुरूई सोध्न चाहेको बताए। जनताको मतबाट पदमा पुगेका प्रधानमन्त्री जनताप्रति जवाफदेही हुनैपर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिनका लागि रुलिङको माग गरेका थिए।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ६ जेठ २०८३ १२:०७ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast