काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए।
तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे।
सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए।
प्रकाशित: ६ जेठ २०८३ १२:०७ | Wednesday, May 20, 2026
प्रतिक्रिया




