बजेटका सन्दर्भमा अर्थ समितिले विज्ञहरुसँग छलफल गर्ने

हिमाल प्रेस ५ जेठ २०८३ १३:३५ | Tuesday, May 19, 2026
16
SHARES
बजेटका सन्दर्भमा अर्थ समितिले विज्ञहरुसँग छलफल गर्ने

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए। सदस्यहरुले उठाएका विषयमा विज्ञहरुसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए।

त्यस्तै समिति अन्तर्गतका उपसमितिहरुलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धीत रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए।

प्रकाशित: ५ जेठ २०८३ १३:३५ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast