सहायक हवलदार अनिता कार्कीले गरिन् सफलताका साथ सगरमाथा आरोहण

हिमाल प्रेस ३ जेठ २०८३ १२:५० | Sunday, May 17, 2026
4
SHARES
सहायक हवलदार अनिता कार्कीले गरिन् सफलताका साथ सगरमाथा आरोहण

काठमाडौँ- सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो सशस्त्र महिला बनेकी छन्।

उनले आज जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन्। सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन्।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन्। उनले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन्।

राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले खेलकुद, अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएकी छन्।

उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए। उनको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ।

प्रकाशित: ३ जेठ २०८३ १२:५० | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast