ओडीआईमा आसिफको कीर्तिमानी अर्धशतक

हिमाल प्रेस २ जेठ २०८३ १७:०३ | Saturday, May 16, 2026
10
SHARES
ओडीआईमा आसिफको कीर्तिमानी अर्धशतक

काठमाडौँ- नेपालका ओपनर आसिफ सेखले एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) करियरमा आफ्नो १५औँ अर्धशतक पूरा गरेका छन्।

काठमाडौँमा शनिबार सम्पन्न नेपाल र अमेरिकाबीचको खेलमा आरिफले कीर्तिमानी अर्धशतक पूरा गरेका हुन्। उनले नेपालका लागि ओडीआई खेलमा सर्वाधिक अर्धशतक बनाएका छन्। नेपालबाट अर्धशतक प्रहार गर्नेको दोस्रो स्थानमा कप्तान रोहित पौडेल छन्।

आसिफले अमेरिकाविरुद्ध ६७ बलमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा आसिफका नाममा एक शतक पनि रहेको छ।

प्रकाशित: २ जेठ २०८३ १७:०३ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast