चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

हिमाल प्रेस ३१ वैशाख २०८३ ८:४६ | Thursday, May 14, 2026
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन फाइल तस्बिर

चितवन- मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ। यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो। कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो ।

कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ । सोहीअनुसार यसवर्ष वितरण गरिएको उनले बताए।

उनले भने, ‘उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा वृद्धि हुने गर्दछ ।’ उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उनले बताए । विभिन्न कारणले रानो बुढो हुने, मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु तीनदेखि पाँच वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उनले बताए ।

यससँगै ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए । अहिले जिल्लाका १६ किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिइ रहेको छ । किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिएपछि आफ्नै घरमा यो प्रविधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा वृद्धि हुने उनले बताए ।

यसवर्ष कृत्तिम प्रविधिबाट मौरीका १० रानो उत्पादन गरिएको छ । यस प्रविधिबाट उत्पादन गरिएका रानोमध्ये चार मात्रै बाँच्न सफल भएको उनले बताए । उनका अनुसार यसवर्ष सो प्रविधिबाट उत्पादित रानोमध्ये १० बचाउन सक्ने गरी उत्पादन थालिएको छ ।

प्रकाशित: ३१ वैशाख २०८३ ८:४६ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast