इजलासमा हुलहुज्जत गर्न खोजेपछि अभियन्ता रोशनी नेपाली पक्राउ

हिमाल प्रेस ३० वैशाख २०८३ १६:०५ | Wednesday, May 13, 2026
28
SHARES
इजलासमा हुलहुज्जत गर्न खोजेपछि अभियन्ता रोशनी नेपाली पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘इजलासमा हुलहुज्जत गर्न खोजेपछि उहाँ लाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।’

सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ। उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रकाशित: ३० वैशाख २०८३ १६:०५ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast