‘परालको आगो’को कमाइ ४ करोड नाघ्यो, ‘राम नाम सत्य’को कति?

हिमाल प्रेस २८ वैशाख २०८३ १३:३२ | Monday, May 11, 2026
8
SHARES
‘परालको आगो’को कमाइ ४ करोड नाघ्यो, ‘राम नाम सत्य’को कति?

काठमाडौँ- फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ । सिनेपाः बक्सअफिसले सोमबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना टिकट विवरण सार्वजनिक गरेको छ।

लक्ष्मण सुनार निर्देशित फिल्ममा प्रकाश सपुत र सुहाना थापाको मुख्य भूमिका छ। यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथा नासोबाट एडप्टेसन गरिएको हो। बिराज भट्ट र सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’को कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २१ हजार ४०५ जना दर्शकले हेरेका छन् ।

 

प्रकाशित: २८ वैशाख २०८३ १३:३२ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast