धनुषामा अर्कोलाई उछिन्ने क्रममा अनियन्त्रित भई बस दुर्घटना, चालकसहित १७ घाइते

हिमाल प्रेस २७ वैशाख २०८३ ११:४१ | Sunday, May 10, 2026
8
SHARES
धनुषामा अर्कोलाई उछिन्ने क्रममा अनियन्त्रित भई बस दुर्घटना, चालकसहित १७ घाइते

धनुषा- पूर्व-पश्चिम सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-९ फुटबल ग्राउण्ड नजिक आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको नेपाल प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ वैशाख २०८३ ११:४१ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast