काठमाडौँ- डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर भट्टले त्यसैको सिक्वेल ‘१२ गाउँ २’को सुटिङ सुरु गरेका छन् । नायक बिराज भट्टका छोरासमेत रहेका समीरसँग यस फिल्ममा डेब्यू नायिका काफिया शाहीले स्क्रिन सेयर गर्नेछिन् ।
फिल्म वितरणको काम गर्दै आएका गोबिन्द शाहीकी छोरी काफियाको यो डेब्यू फिल्म हो । विराज र गोबिन्द निकट रहेर काम गर्दै आएका छन् । यसको प्रभाव काफियाको डेब्यूमा देखिएको हो ।
बिराजको निर्देशनमा बन्ने यस एक्सन जनराको फिल्मको सुटिङ काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा हुने बताइएको छ । फिल्ममा विराज, समीर, अफियासहित नायक अनुपबिक्रम शाही, वर्षा इटानी शीर्ष भूमिकामा रहने बताइएको छ ।
फिल्मको दसैँमा प्रदर्शनमा आउने बताइएको छ । सन्तोष सरकार यस फिल्मको लेखक हुन् ।
प्रकाशित: २६ वैशाख २०८३ ११:३९ | Saturday, May 9, 2026
प्रतिक्रिया



