काठमाडौँ- समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’ असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
दसैँको अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ २’ सन् २०२४ को हिट फिल्म ‘१२ गाउँ’को सिक्वेल हो।
एक्सन नायक विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट नेपाली फिल्म क्षेत्रमा समिर भट्ट उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए । पहिलो श्रृंखलाको जबरजस्त सफलता र समिरको बढ्दो क्रेजका कारण ‘१२ गाउँ २’लाई प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।
फिल्मको निर्देशा विराज भट्टले गरेका छन् भन्े अनुपविक्रम शाही, विराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।


