रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् मोहना अन्सारी, अहिले कांग्रेसको नीति प्रतिष्ठानमा

हिमाल प्रेस २४ वैशाख २०८३ ९:२१ | Thursday, May 7, 2026
20
SHARES
रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् मोहना अन्सारी, अहिले कांग्रेसको नीति प्रतिष्ठानमा

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् ।

अनसारीले लेखेकी छिन्, ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।’

जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छिन् । उनी यसअघि रास्वपाको समानुपातिक सूचीमा थिइन्। चर्को आलोचनापछि उनको नाम हटाइएको थियो। तर त्यसबारेमा उनी बोलेकी छैनन्।

प्रकाशित: २४ वैशाख २०८३ ९:२१ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast