त्रिदेशीय शृंखला : नेपाल ‘ए’सँग आज स्कटल्यान्ड भिड्दै

हिमाल प्रेस २४ वैशाख २०८३ ६:५३ | Thursday, May 7, 2026
8
SHARES
त्रिदेशीय शृंखला : नेपाल ‘ए’सँग आज स्कटल्यान्ड भिड्दै

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक गरेको छ ।

आजदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्यान्ड र अमेरिका सहभागी हुनेछन् ।

खेल तालिकाअनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्यान्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित: २४ वैशाख २०८३ ६:५३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast