आईपीएल : कुपर कोलनीको शतकले पनि पन्जाबको हार, हैदरावाद शीर्षमा

हिमाल प्रेस २४ वैशाख २०८३ ६:४३ | Thursday, May 7, 2026
6
SHARES
आईपीएल : कुपर कोलनीको शतकले पनि पन्जाबको हार, हैदरावाद शीर्षमा

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइज हैदरावादले पंजाव किंग्सलाई ३३ रनले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको छ। पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ। हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा २३५ रन बनाएको थियो। त्यसमा हेनरिक क्लासेनले ४३ बलमा ६८ रन र इसान किसनले ३२ बलमा ५५ रन बनाएका थिए।

जवाफमा कुपर कोलनीले नटआउट रहेर १०७ रनको शतकीय इनिङ्स खेले पनि पन्जावले सात विकेटमा २ सय २ रन मात्र बनाउन सक्यो।

कोलनीले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गरे। उनलाई अरू ब्याटरले भने बलियो साथ दिन सकेनन्।

प्रतियोगिता अन्तरगत आज लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ।

प्रकाशित: २४ वैशाख २०८३ ६:४३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast