चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

हिमाल प्रेस २३ वैशाख २०८३ १५:५० | Wednesday, May 6, 2026
18
SHARES
चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा अनाधिकृत रूपमा बसोबास तथा प्रयोग गर्दै आएका व्यक्तिहरूलाई १५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालय, बलम्बुबाट जारी सूचनाअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा भइरहेको अतिक्रमण हटाउने निर्णय गरिएको हो।

सोही निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र आफ्नो सामान सुरक्षित स्थानमा सारेर सम्बन्धित जग्गा खाली गर्न आग्रह गरिएको छ।

तोकिएको समयभित्र अतिक्रमित क्षेत्र खाली नगरे प्रचलित कानून र नेपाल सरकारको नीतिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमण हटाइने  सूचनामा उल्लेख गरिएको छ।

अतिक्रमण हटाउने क्रममा हुने कुनै पनि क्षति वा असुविधाप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने स्पष्ट पारिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १५:५० | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast