काठमाडौँ- नेपालका ओपनर आशिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर आशिफले ओमानविरुद्ध ६६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरेका छन् ।
यो आशिफको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १४औँ अर्धशतक हो। अर्धशतकका निम्ति आशिफले हाल क्रिजमा रहेका अर्जुन कुमालसँग ८९ रनको साझेदारी गरेका छन्। अर्जुन भने ४० रनमा खेलिरहेका छन्। जारी खेलमा २२।१ ओभरमा नेपालले एक विकेट गुमाएर ९५ रन बनाएको छ । यी दुवै टोली जितसहित लिग–२ अन्तर्गत ओमान, नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिदेशीय शृंखला टुंग्याउने लक्ष्यमा छन् ।
प्रकाशित: २२ वैशाख २०८३ ११:१० | Tuesday, May 5, 2026
प्रतिक्रिया



