सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु

हिमाल प्रेस १६ माघ २०७९ १५:३८ | Monday, January 30, 2023
सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु

काठमाडौँ– काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको सोमबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा सख्त घाइते भएकी उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले जानकारी दिए।

दुर्घटनामा सख्त घाइते बसका सहचालकको भने कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका बसमा सवार अन्य तीनजना भने उपचारपश्चात् घर फर्किएका छन्।

कंलकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा. २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना. १ ज २४२१ नम्बरको टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए।

प्रकाशित: १६ माघ २०७९ १५:३८ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast