काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तेह्रथुमका ४० वर्षीय सुरज पन्धाक लिम्बू, सोलुखुम्बुका ४६ वर्षीय कमलबहादुर पुलामीमगर र २९ वर्षीय सागर शेर्पा, काभ्रेपलाञ्चोकका ३९ वर्षीय विनोद थापा, २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम तथा सिन्धुपाल्चोकका ५६ वर्षीय सूर्यप्रसाद कोइराला छन्।
उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग करोडौँ रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित: १८ वैशाख २०८३ ५:५५ | Friday, May 1, 2026
प्रतिक्रिया



