सरकारको आलोचनाबीच रास्वपाले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १६ वैशाख २०८३ ११:४६ | Wednesday, April 29, 2026
10
SHARES
सरकारको आलोचनाबीच रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको विषयलाई लिएर विरोध बढेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ।

संसद् छल्दै अध्यादेश सिफारिस गरिएको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ। यसै सन्दर्भमा रास्वपाले संसदीय दलको अनौपचारिक बैठक बोलाएको हो।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

उनका अनुसार छलफलका लागि काठमाडौँ उपत्यकामा रहेका रास्वपाका सांसदहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

प्रकाशित: १६ वैशाख २०८३ ११:४६ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast