यूएईका ओपनर आर्यन्श शर्माले कीर्तिपुर मैदानमा हिर्काए शतक

हिमाल प्रेस १४ वैशाख २०८३ १२:१३ | Monday, April 27, 2026
4
SHARES
यूएईका ओपनर आर्यन्श शर्माले कीर्तिपुर मैदानमा हिर्काए शतक

काठमाडौँ- यूएईका ओपनर आर्यन्श शर्माले आईसीसी विश्वकप लिग २ सिरिजअन्तर्गत ओमानसँगको खेलमा शतक पूरा गरेका छन्। उनले सोमबार टीयू स्टेडियममा जारी खेलमा ११९ बलमा ९ चौका र दुई छक्कासहित शतक पूरा गरेका हुन्।

ओडीआईमा आर्यन्शको यो पहिलो शतक हो। यसअघि यस संरचनामा उनको उच्च स्कोर ९८ रन थियो। जुन पारी आर्यन्शले नेपालविरुद्ध खेलेका थिए। त्यस म्याचमा उनी सन्दीप लामिछानेको बलमा आउट हुँदा शतक बनाउन चुके। तर, आज भने आर्यन्श शतक पूरा गर्न सफल भए। उनले आज पहिलो विकेटका लागि अदीब उस्मानीसँग १६३ रनको साझेदारी गरे। त्रिविमा ३५ ओभर पूरा हुँदा यूएईले १ विकेट गुमाएर १८० रन बनाएको छ।

प्रकाशित: १४ वैशाख २०८३ १२:१३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast