दीपेन्द्रको सुझबुझपूर्ण ब्याटिङका बाबजुत पनि यूएईविरुद्ध २०० रनमा समेटियो नेपाल

हिमाल प्रेस १२ वैशाख २०८३ १३:२९ | Saturday, April 25, 2026
2
SHARE
दीपेन्द्रको सुझबुझपूर्ण ब्याटिङका बाबजुत पनि यूएईविरुद्ध २०० रनमा समेटियो नेपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा यूएईविरुद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ।  कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले जम्मा २०० रन बनाएको छ। ४८ दशमलव २ ओभरमा अलआउट हुँदा नेपालले यूएईलाई २०१ रनको लक्ष्य प्रदान गरेको हो। नेपालका लागि उपकप्तान एवं अलराउन्ड दीपेन्द्रसिंह ऐरीले मात्र सम्झन लायक प्रदर्शन गरे।

उनले ९० बलमा ७५ रन प्रहार गरेका थिए। ओपनलर कुशल भुर्तेल २४ रनमा समेटिदा अर्का ओपनर आसिफ सेखले ७ रन जोडेर बाहिरिए। तेस्रो नम्बरमा मैदान पसेका भीम सार्कीले १० रन जोड्दा कप्तान रोहित पौडेल २ रन मात्र सीमित भए। बसिर अहमद २० रनमा एलबीडब्यू आउट हुँदा आरिफ सेख र सोमपाल कामीले समान १५।१५ रन बनाए। करण केसीले दीपेन्द्रसँग साझेदारी बनाउँदै २२ रन थप्दा सन्दीप लामिछाने ठूलो सट खेल्ने धुनमा २ रनमा बाहिरिए।

अन्तिम विकेटका रूपमा मैदान छिरेका ललित राजवंशी शून्य रनमा नटआउट भए। नेपाललाई सस्तैमा समेट्न यूएईका फास्ट बलर जुनाइद सिद्धिकी र अजय कुमारले ३-३ विकेट लिए। खुजाइमा विन तान्भिरले २ लिँदा हइदर अलि र महम्मद सहदादले १-१ विकेट लिए। अबको केहीबरेमा नेपाल बलिङका लागि मैदान उत्रनेछ।

प्रकाशित: १२ वैशाख २०८३ १३:२९ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast