सुनचाँदीको मूल्य लगातार घट्दै

हिमाल प्रेस ११ वैशाख २०८३ ११:३७ | Friday, April 24, 2026
28
SHARES
सुनचाँदीको मूल्य लगातार घट्दै

काठमाडौँ- पछिल्ला तीन दिनदेखि सुनचाँदीको मूल्य लगातार घट्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख ९ गते छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार र चाँदी रु पाँच हजार १३० मा कारोबार भएकोमा वैशाख १० गते सुन रु ६ हजार ३०० ले घटेर रु दुई लाख ९८ हजार ७०० र चाँदी रु ११० ले घटेर रु पाँच हजार २० कायम भयो।

त्यसैगरी आज वैशाख ११ गते पुनः सुन रु दुई हजार २०० ले घटेर रु दुई लाख ९६ हजार ५०० र चाँदी रु ७५ ले घटेर रु चार हजार ९४५ मा झर्‍यो।

यसरी तीन दिनको अवधिमा सुन प्रतितोला कुल रु आठ हजार ५०० र चाँदी रु १८५ ले घटेको छ।

अन्तर्राष्ट्रिय रूपमा सुनको मूल्य करिब चार हजार ७५५ अमेरिकी डलर प्रतिऔँसबाट घटेर चार हजार ७०५ डलरमा झरेको छ।

सुनको मूल्य उच्च बिन्दुमा पुगेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाउनु, विश्व आर्थिक अनिश्चितता केही घट्दै जानु र सुरक्षित लगानीका रूपमा सुनको मागमा सामान्य कमी आउनुजस्ता कारणले मूल्यमा दबाब परेको देखिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ ११:३७ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast