काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज केरा प्रतिदर्जन रु २५० मा कारोबार भइरहेको जनाएको छ।
स्याउ (फुजी) प्रतिकिलो रु ३००, स्याउ (झोले) रु २५०, अङ्गुर हरियो रु २४० र कालो अङ्गुर रु ३८० कायम भएको छ।
त्यस्तै, अनार प्रतिकिलो रु ४००, किबी रु ४५० र एभोकोडो रु ८०० मा बिक्री भइरहेको छ। तरबुजा प्रतिकिलो रु ४५ मा पाइँदा गर्मीयाममा यसको माग बढ्ने अनुमान गरिएको छ।
प्रकाशित: ११ वैशाख २०८३ ८:१३ | Friday, April 24, 2026
प्रतिक्रिया




