शेखर गोल्छा पक्राउ

हिमाल प्रेस १० वैशाख २०८३ १८:५७ | Thursday, April 23, 2026
42
SHARES
शेखर गोल्छा पक्राउ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बिहीबार अपराह्न पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए।

उनले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए।

नेपाल धितोपत्र बोर्डको प्रतिवेदनअनुसार व्यावसायीक घराना गोल्छा ग्रुपका अध्यक्ष शेखरमाथि हिमालयन रिइन्स्योेरेन्स कम्पनीको रकम प्रयोग गरी दीपक भट्ट, सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरेको नाममा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्न सहजीकरण गरेको आरोप लागेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast