चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८३ १३:०४ | Thursday, April 23, 2026
16
SHARES
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

काठमाडौँ- गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन्। विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन्।

विपद्बाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ। विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

विपद्बाट १४३ जना विस्थापित भएका छन्। सो अवधिमा कोशीमा २७२, मधेशमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ।

प्रकाशित: १० वैशाख २०८३ १३:०४ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast