थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन बालेनको निर्देशन

हिमाल प्रेस १० वैशाख २०८३ ६:३१ | Thursday, April 23, 2026
32
SHARES
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन बालेनको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।

आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए ।

ती अधिकृतले भने, ‘त्यसबारे छलफल भएको छ, काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग यसबारे थप छलफल हुन्छ।’

बालेन काठमाडौँ महानगरको मेयर हुँदा पनि काठमाडौँको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।

 

प्रकाशित: १० वैशाख २०८३ ६:३१ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast