कृष्णभीरको पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग, चल्न थाले मालबाहक सवारी

हिमाल प्रेस १० असोज २०८३ १४:०७ | Saturday, September 26, 2026
कृष्णभीरको पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग, चल्न थाले मालबाहक सवारी

काठमाडौँ- अविरल वर्षाले पहिरो गएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुला भएको छ। आज बिहानदेखि निरन्तर पहिरो पन्छाउने काम सकेपछि राजमार्ग खुलेको हो। बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast