३ महिनामा मधेशबाट मात्रै २७ करोड ८५ लाखको अवैध सामग्री बरामद

हिमाल प्रेस १० असोज २०८३ १३:३५ | Saturday, September 26, 2026
३ महिनामा मधेशबाट मात्रै २७ करोड ८५ लाखको अवैध सामग्री बरामद नाकाबाट पक्राउ परेका लागूऔषध कारोबारी।

काठमाडौँ-  पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झन्डै २७ करोड, ८५ लाख बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उक्त सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख भन्दा बढी मुल्यको सवारीसाधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ। त्यस्तै सोही अवधिमा ३० लाख भन्दा बढी रपैयाँ बराबरको १ हजार १ सय क्यूफिट काठ बरामद गर्नुकासाथै १ सय २ ग्राम चाँदी समेत बरामद गरेको छ । साथै उक्त कार्यमा संलग्न ८४ जना नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।

मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार कार्यलाई समेत सशस्त्र प्रहरी बल नेपालले कडाइ गर्दै आएको छ। ३ महिना अवधिमा ब्राउन सुगर १ सय ९३ ग्राम, चरेश ९ किलो ५ सय ग्राम र गाँजा १ हजार ६ सय ६ किलो भन्दा बढी बरामद गरेको छ । त्यस्तै सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर २ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुद समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा क्षेत्रमा हुने मानव वेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाएको छ।

मनसुन सुरु भएदेखि सशस्त्र प्रहरीले विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ ।

विभिन्न घटनमा परेका २ सय ११ पुरुष र ६३ जना महिला गरी २ सय ७४ जनाको घाईते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल पु¥याएको छ । सूचनाका आधारमा अवैध सामान बरामद गर्नको लागि बाहिनीमा सिनियर अधिकृतको कमाण्डमा स्ट्राइकिङ टिम खटाईनुको साथै सीमाका गणहरुमा समेत सीमा ईलाका अनुगमनको लागि डेडिकेटेड अधिकृत खटाई कार्य गरिएको छ ।

सीमा सुरक्षा र सहजीकरणतर्फ सशस्त्र प्रहरी बलले सीमावासीलाई राज्यको उपस्थितिको अनुभूति दिने गरी जनविश्वास बढाउने काममा जोड दिएको छ ।

प्रकाशित: १० असोज २०८३ १३:३५ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast