‘परालको आगो’ को अग्रिम टिकट बिक्री खुल्यो, कति पायो ‘शो’?

हिमाल प्रेस ९ वैशाख २०८३ ११:५३ | Wednesday, April 22, 2026
8
SHARES
‘परालको आगो’ को अग्रिम टिकट बिक्री खुल्यो, कति पायो ‘शो’?

काठमाडौँ- यही वैशाख ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ को अग्रिम टिकट बिक्री खुलेको छ ।

सोमवार नै केहि सिनेमा हलमा अग्रिम बुङिक खुले पनि आज बुधवार बिहानदेखि भने देशव्यापी उच्चाहजनक रुपमा बुकिङ खुल्ला भएको हो। यो फिल्मले अहिलेसम्म एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राखी सिनेमा हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन् । बिहीवारसम्ममा अझै शो संख्या बढ्ने देखिन्छ ।

रन टाइम १३५ मिनेट रहेको यो फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको ट्रेलर र गीतका कारण पनि यो फिल्मको उच्च माग बढेको हो । गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन् । यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।

साथै फिल्मको टीजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ । यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन् । फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ । सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ । साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।

वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको चर्चा पछिल्लो समय निकै छ । फिल्मका निर्माता सुशील पोखरेल आफ्नो फिल्म राम्रो बनेको ढुक्क देखिएका छन् ।

प्रकाशित: ९ वैशाख २०८३ ११:५३ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast