काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टी छाडेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएको उल्लेख गरेका हुन्। किरातीले करिब ५ महिना काम गरेको र यस यात्रामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
‘यस अवधिमा प्राप्त अनुभवलाई मैले अमूल्य सम्पत्तिका रूपमा आत्मसात् गरेको छु। संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु। साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु।’

प्रकाशित: ९ वैशाख २०८३ ११:३७ | Wednesday, April 22, 2026
प्रतिक्रिया



