काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक वैशाख ७ गते सोमबार बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेले बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा डाकेका हुन्।
बैठकमा केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रकाशित: ६ वैशाख २०८३ १३:०५ | Sunday, April 19, 2026
प्रतिक्रिया



