लहान- सिरहामा एक महिनाको अवधिमा १९ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयको विवरण अनुसार चैत महिनाभर विभिन्न १९ स्थानमा आगलागी भएका हुन्।आगलागीबाट ३३ लाख २७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट लगायतका कारणबारे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण र उद्धारका लागि प्रहरीले १८२ जना जनशक्ति परिचालन गरेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सुख्खा मौसममा आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले सचेत रहन र आगो प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । रासस
प्रकाशित: ५ वैशाख २०८३ ६:५६ | Saturday, April 18, 2026
प्रतिक्रिया



