बालेन शाह १०० प्रभावशाली व्यक्तिको सूचीमा

हिमाल प्रेस ३ वैशाख २०८३ ७:५१ | Thursday, April 16, 2026
6
SHARES
बालेन शाह १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेनको नाम पनि समेटिएको हो।

टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई ‘नेता क्याटोगोरी’मा समेटेको छ। प्रधानमन्त्री शाहलाई म्यागजिनले ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ। प्रधानमन्त्री बालेन ३६ वर्षका छन्। उनी गएको चैत १३ गते नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री शाहका लागि टाइमको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’ टाइम म्यागजिनले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ।

सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौँको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती अब उनीसामु रहेको टिप्पणी पनि म्यागजिनले गरेको छ। जसमा शाहको उदयलाई दक्षिण एसियाको जड सुत्रवादी वंशवादी राजनीति विरुद्धको ठूलो प्रहारको रूपमा व्याख्या गरिएको छ।

यस वर्ष टाइम म्यागजिनको प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाहसँगै राजनीतिक नेतृत्वतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु लगायतका नेताहरु समावेश छन्।

 

प्रकाशित: ३ वैशाख २०८३ ७:५१ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast