४–५ तोला सुन र बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु : हर्क साम्पाङ

हिमाल प्रेस १ वैशाख २०८३ ७:३६ | Tuesday, April 14, 2026
18
SHARES
४–५ तोला सुन र बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु : हर्क साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन् ।

जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि त्यसको जवाफ दिने क्रममा मेयर साम्पाङले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका हुन् । ‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला । बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु ।’

पैतृक सम्पत्तिका रूपमा खोटाङमा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको उनले खुलाएका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा भिरालो पाखा, खरबारी, बाँस र उत्तिसघारीसहितको केही खेतबारी आमाको नाममा रहेको उनको भनाइ छ ।

प्रकाशित: १ वैशाख २०८३ ७:३६ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast