युट्युबर पक्राउ प्रकरणमा प्रधानमन्त्री जोडिएपछि बोल्यो गृह मन्त्रालय

हिमाल प्रेस ३० चैत २०८२ ६:५४ | Monday, April 13, 2026
26
SHARES
युट्युबर पक्राउ प्रकरणमा प्रधानमन्त्री जोडिएपछि बोल्यो गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले अपशब्द प्रयोग गरी गालीगौज गर्ने क्रियाकलाप कानून विपरित भएको जनाएको छ।

आइतबार गृहका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहमाथि लक्षित गरी गालीगलौज गरेको आरोपमा पक्राउ गरेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘यसरी समाजमा उच्छृंखल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानून विपरितका कार्य हुन्,’ मन्त्रालयले भनेको छ।

प्रधानमन्त्री शाहलाई गालीगलौज गरेको आरोपमा प्रहरीले पाँचथरका युट्युबर रोशन पोखरेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेको खबर बाहिरिएपछि प्रधानमन्त्री शाहको आलोचना समेत भएको थियो।

आइतबार भने उनलाई हाजिर जमानीमा रिहा गरेको छ। यसैबीच गृह प्रशासनले विज्ञप्ति जारी गरेको हो।

प्रकाशित: ३० चैत २०८२ ६:५४ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast