काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएका ५६ शिक्षण संस्थालाई उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ।
शिक्षा मन्त्रालयले आफ्नो वेबसाइटमार्फत ती शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार ललितपुरस्थित ब्रिटिस इन्टरनेशनल कलेज, काठमाडौँको बबरमहलस्थित किङ्स कलेज, काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेजले शैक्षिक कार्यक्रम सञ्चालन स्वीकृति पाएका छन्।
यस्तै, विराटनगर इन्टरनेशनल कलेज, काठमाडौँको द लण्डन कलेज, काठमाडौँको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, काठमाडौँको इन्टरनेशनल स्कूल अफ टुरिज्म एण्ड होटल व्यवस्थापन, काठमाडौँको टेकस्पायर कलेज, पोखराको इन्फोम्याक्स कलेज अफ सूचना प्रविधि तथा व्यवस्थापनलगायत शिक्षण संस्थालाई उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको छ।
यस्तो छ सूची




