वर्ष २०८२

सबैभन्दा थोरै कमाउने पाँच फिल्म: ११ हजारदेखि १ लाखसम्म

हिमाल प्रेस २३ चैत २०८२ १७:१९ | Monday, April 6, 2026
18
SHARES
सबैभन्दा थोरै कमाउने पाँच फिल्म: ११ हजारदेखि १ लाखसम्म

काठमाडौँ- चलचित्र विकास बोर्डले २०८२ सालमा प्रदर्शन भएका नेपाली फिल्मको विवरण सार्जजनिक गरेको छ।

विवरणअनुसार यसवर्ष ५६ वटा नेपाली फिल्म प्रदर्शन भएकाे छ। जसमध्ये सबैभन्दा धेरै कमाउने फिल्म ‘परान’ हो भने थोरै कमाउनेमा ‘इन्दिरा धिमे मैचा’ रहेको छ।

यहाँ सबैभन्दा न्यून कमाइ गर्ने पाँच नेपाली फिल्मको विवरण प्रस्तुत गरिएको छ।

इन्दिरा धिमे मैचा: यस वर्षको सबैभन्दा थोरै कमाउने फिल्म ‘इन्दिरा धिमे मैचा’ रहेको छ। फिल्मले ११ हजार ७०० रुपैयाँ मात्र कमाउन सफल भएको हो।

हेल्लो काँशीरामः ‘हेल्लो काँशीराम’ ले जम्मा ३४ हजार २०० रुपैयाँ कमाएको छ। यो यस वर्षको थोरै कमाउनेको दोस्रो नम्बरमा छ।

वैद्य बाः तेस्रोमा ‘वैद्य बा’ रहेकाे छ। फिल्मले ५६ हजार ४०० रुपैयाँ कमाएकाे छ।

चिराग: चाैथाेमा ‘चिराग’ रहेकाे छ। फिल्मले ८५ हजार ८ सय ५० रुपैयाँ कमाएकाे छ।

लडाइँ पहिचानको:  पाँचाैमा  ‘लडाइँ पहिचानको’ परेकाे छ। फिल्मले १ लाख १३ हजार ८ सय ७० रुपैयाँ कमाएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast