खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५१ वटा बाख्री पनि नियन्त्रणमा

हिमाल प्रेस १३ मंसिर २०८३ १३:४१ | Sunday, November 29, 2026
खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५१ वटा बाख्री पनि नियन्त्रणमा

काठमाडौँ- खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २८ टुकुचास्थित खसी बजारबाट बाख्रीको मासुलाई खसीको मासु भनी बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा ८ जना पक्राउ परेका हुन्।

यद्यपि पक्राउ पर्नेको नाम समेत प्रहरीले सार्वजनिक गरेको छैन। बाख्रीको मासु अन्दाजी ५६७ केजी, ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दै जाने क्रममा चेकजाँच गर्दा थप ५१ वटा बाख्री फेला पारेको हो।

प्रकाशित: १३ मंसिर २०८३ १३:४१ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast