पाल्पा : नागरिकलाई वडाबाटै सेवा

हिमाल प्रेस १४ माघ २०७९ ९:५३ | Saturday, January 28, 2023
पाल्पा : नागरिकलाई वडाबाटै सेवा

पाल्पा- स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ। पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ।

पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरूपमा सेवा दिइरहेको छ।

शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपांगता परिचयपत्र वितरण, व्यवसाय दर्ता, औषधि वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १४ माघ २०७९ ९:५३ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast