सट्टेबाजी/बेटिङ वेबसाइट बन्द

हिमाल प्रेस १५ चैत २०८२ ७:०९ | Sunday, March 29, 2026
12
SHARES
सट्टेबाजी/बेटिङ वेबसाइट बन्द

काठमाडौँ- सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४२ मा यो विषय उल्लेख गरिएको हो ।

उक्त कार्यसूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइटहरू पूर्ण रूपमा बन्द गराउने जिम्मेवारी पाएको छ। अवैध रूपमा हुने सट्टेबाजी नियन्त्रण र सुशासन कायम गर्न सरकारले यो कदम चालेको बताइएको छ । हाल त्यस्ता एप र वेबसाइट खुलेआम सञ्चालन हुँदै आएका छन् ।

 

प्रकाशित: १५ चैत २०८२ ७:०९ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast