मन्त्रिपरिषद्को निर्णय प्रतिशोधपूर्ण : एमाले

हिमाल प्रेस १३ चैत २०८२ २१:४३ | Friday, March 27, 2026
10
SHARES
मन्त्रिपरिषद्को निर्णय प्रतिशोधपूर्ण : एमाले एमाले महासचिव शंकर पोखरेल।

काठमाडौँ- नेकपा एमालेले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय प्रतिशोधपूर्ण रहेको भन्दै फिर्ता लिन माग गरेको छ। एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर।’

मन्त्रिपरिषद्ले गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

एमालेले भने कार्की आयोगको प्रतिवेदनलाई पनि पूर्वाग्रही भनेको छ। महासचिव पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर।’ यसैगरी एमाले सचिव महेश बस्नेतले राजनीतिक बदला लिने खोजे पहिलो गाँसमै ढुङ्गापर्ने चेतावनीसमेत दिएका छन्।

‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने, उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनःद्वन्द्वमा धकेल्ने जोखिम पैदा गर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आयोगले भदौ २३ गते १९ जनाको ज्यान जाने गरी भएको घटनामा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेकाले उनीमाथि कारबाहीको सिफारिस गरेको छ।

प्रकाशित: १३ चैत २०८२ २१:४३ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast