कार्की आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय

हिमाल प्रेस १३ चैत २०८२ १७:१७ | Friday, March 27, 2026
24
SHARES
कार्की आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ- सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

साथै बैठकले शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने, शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १३ चैत २०८२ १७:१७ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast