प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह [तस्बिरहरू]

हिमाल प्रेस १३ चैत २०८२ १३:४२ | Friday, March 27, 2026
10
SHARES
प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह [तस्बिरहरू]

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।

समारोहको वातावरण धार्मिक सांस्कृतिक समिश्रणले भरिएको थियो। सात वटा शंखबाट शंखनाद, १०८ वटुकद्वारा स्वस्तिशान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाद्वारा शुभमंगल पाठ भएको थियो। प्रधानमन्त्रीको शपथमा यस्तो परम्परागत शैली पहिलोपटक देखिएको बताइएको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्चपदस्थ व्यक्तित्व, पूर्वप्रधानमन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

शपथसँगै प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको छ। राष्ट्रपतिले सोही समारोहमा मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए। रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन्।

मन्त्रीहरू

डा.स्वर्णिम वाग्ले – अर्थमन्त्री

सुदन गुरुङ – गृहमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

सुनील लम्साल – भौतिक पूर्वाधार तथा सहरी विकास

विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ

खड्गराज पौडेल – पर्यटन तथा नागरिक उड्डयन

सस्मित पोखरेल – शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद

निशा मेहता – स्वास्थ्य तथा खानेपानी

डा. विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधि

प्रतिभा रावल – सामान्य प्रशासन तथा भूमि व्यवस्था

सोविता गौतम – कानुन, न्याय तथा संसदीय मामिला

गीता चौधरी – कृषि, वन तथा वातावरण

डा. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

   

प्रकाशित: १३ चैत २०८२ १३:४२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast