सुनचाँदीको मूल्य घट्यो

हिमाल प्रेस १३ चैत २०८२ ११:२६ | Friday, March 27, 2026
16
SHARES
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु चार हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८२० कायम भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९२० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित: १३ चैत २०८२ ११:२६ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast