आजै ५० सुधार योजना सार्वजनिक गर्ने तयारीमा बालेन्द्र सरकार

हिमाल प्रेस १३ चैत २०८२ ६:२३ | Friday, March 27, 2026
68
SHARES
आजै ५० सुधार योजना सार्वजनिक गर्ने तयारीमा बालेन्द्र सरकार

काठमाडौँ- आज प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट कम्तीमा ५० वटा सुधारात्मक कार्यक्रम घोषणा गर्ने तयारी गरिएको छ।

सरकारले सोही उद्देश्यअनुसार सबै मन्त्रालयसँग ठोस र परिणाममुखी सुधारका योजनाहरू माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै प्रत्येक मन्त्रालयबाट कम्तीमा पाँच वटा सुधारका कार्य प्रस्ताव गर्न निर्देशन दिएको हो।

उक्त प्रस्तावहरू न्यून लागतमा कार्यान्वयन गर्न सकिने, नागरिकका गुनासा तथा समस्याहरू समाधान गर्ने, जनतामा प्रत्यक्ष प्रभाव पार्ने तथा अधिकतम १०० दिनभित्र सम्पन्न गर्न सकिने प्रकृतिका हुनुपर्ने उल्लेख गरिएको छ। प्रत्येक कार्यका लागि समयसीमा निर्धारण गरिएको हुनुपर्ने पनि बताइएको छ।

प्रधानमन्त्री कार्यालयले ती प्रस्तावहरू तत्काल उपलब्ध गराउन आग्रह गर्दै प्राप्त योजनाका आधारमा आज शपथग्रहण लगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकबाट सुधार कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

पत्रमा सुधारका कार्यका केही उदाहरणहरू समेत दिइएका छन्। जसअनुसार संघीय निजामती सेवा ऐन संसद्मा छिटो पेस गर्ने, अनलाइन सरुवा प्रणाली लागु गर्ने, राष्ट्रिय परिचयपत्रलाई पासपोर्टसँग आबद्ध गर्ने तथा ‘हेलो सरकार’ मा आएका गुनासाहरू ७ दिनभित्र सम्बोधन गर्ने जस्ता कामहरू प्राथमिकतामा राखिएका छन्।

सरकारले छोटो समयमै देखिने परिणामसहितको कार्ययोजना अघि सार्ने तयारी गरेको बताइएको छ।

नयाँ प्रधानमन्त्रीको शपथ आज, त्यसअघि बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति 

प्रकाशित: १३ चैत २०८२ ६:२३ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast