सिकारीको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते

हिमाल प्रेस ६ चैत २०८२ १२:२१ | Friday, March 20, 2026
18
SHARES
सिकारीको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते प्रतिनिधिमूलक तस्बिर

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका-३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन्।

स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

घटनापश्चात तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छिन्।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७-१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जंगलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ।

प्रकाशित: ६ चैत २०८२ १२:२१ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast