काठमाडौँ- बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८९५ कायम भएको छ।
हिजो बिहीबार एक तोला सुन रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको थियो।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ६ चैत २०८२ ११:०२ | Friday, March 20, 2026
प्रतिक्रिया





