सोविता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार

हिमाल प्रेस २८ फागुन २०८२ ११:४५ | Thursday, March 12, 2026
6
SHARES
सोविता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार

काठमाडौँ- चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खर्च विवरण सार्वजनिक गरेकी छन्। यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले गरेको खर्चको विवरण गौतमले बिहीबार सार्वजनिक गरेकी हुन्।

उनको चुनाव खर्च ९ लाख ९३ हजार ४५ रूपैयाँ रहेको छ। गौतमका अनुसार मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री ३ लाख १७ हजार ४०० र मतदाता प्रशिक्षणमा ३० हजार खर्च भएको छ।

यसैगरी, नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, वडास्तरीय प्रचारप्रसार १ लाख, सवारी साधन ३ लाख २५ हजार, सचिवालय प्रयोगका लागि स्टेशनरी खरिदमा २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानीमा गरेर एक लाख १८ हजार खर्च भएको छ।

प्रकाशित: २८ फागुन २०८२ ११:४५ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast